Shittalpati
कालीगण्डकी नदीमा अज्ञात पुरुषको शव फेला

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–६ बेल्टारीस्थित कालीगण्डकी नदी किनारमा अज्ञात पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान अन्दाजी ५०–५५ वर्ष उमेरका जस्तो देखिने एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शव फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै कपडा थिएन भने बायाँ हातमा घडी लगाएको अवस्थामा शव फुलिएको अवस्थामा भेटिएको थियो । आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याई राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update