तानसेनमा क्रिसमसको रौनक
आइतबार, पुस ८, २०८०
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते
शुक्रबार, पुस ६, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति दुर्घटना भएको हो ।
पाल्पाकी गिता कुमारी तिवारी भईन् सिओटि कोट अफ द टेवलको योग्य
बिहीबार, पुस ५, २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाकी गिता कुमारी तिवारी सिओटि कोट अफ द टेवलको लागि योग्य हुन सफल भएकी छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
बुधबार, पुस ४, २०८०
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
सोमबार, पुस २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, पुस २, २०८०
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो ।
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि गाउँ पस्ने
आइतबार, पुस १, २०८०
नेपाली काँग्रेसले सांगठनिक सुदृढिकरणका लागि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । काँग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा
आइतबार, पुस १, २०८०
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
आज विवाह पञ्चमी
आइतबार, पुस १, २०८०
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । द्धत्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
आज राष्ट्रिय झण्डा दिवस मनाइँदै
आइतबार, पुस १, २०८०
राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको झण्डाको सम्मानमा आज छैठौं राष्ट्रिय झण्डा दिवस मनाइँदैछ । झण्डालाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्वर १६ अर्थात् पुस १ गतेका लिन यो दिवस मनाउने गरिएको हो ।
काँग्रेस महासमिति बैठक फेरि सर्यो
शुक्रबार, मंसिर २९, २०८०
नेपाली काँग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पुसमा हुने भनिएको महासमिति बैठक काँग्रेसले फागुनका लागि पुन सारेको हो ।
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन
शुक्रबार, मंसिर २९, २०८०
‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवं क्रियाशिल पत्रकार महेन्द्रप्रसाद पाण्डेको ५३ वर्षको वर्षको उमेरमा निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पाण्डे अकस्मात विरामी भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने
शुक्रबार, मंसिर २९, २०८०
ग्लोवल आईएमई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उसले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने भएको हो ।


