काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’
बुधबार, असोज २४, २०८०
इजरायलबाट विद्यार्थीको गुहार, छिट्टै उद्दार गर्ने सरकारको आश्वासन
मंगलबार, असोज २३, २०८०
इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन सरकारसँग गुहार गरेका छन् ।
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
मंगलबार, असोज २३, २०८०
आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान
सोमबार, असोज २२, २०८०
नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो ।
इजरायलमा भएका नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा
सोमबार, असोज २२, २०८०
सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा मंगलबार( भोली) राष्ट्रिय शोकमा घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।
पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया
सोमबार, असोज २२, २०८०
पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुबिच पाल्पाको रामपुरमा अन्तर्क्रिया भएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना, सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘अभ्यास समूह’ अन्तर्क्रिया भएको हो ।
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा
सोमबार, असोज २२, २०८०
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा आएको छ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र तीन लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु
सोमबार, असोज २२, २०८०
जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।
गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल
आइतबार, असोज २१, २०८०
नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सोमबारदेखि दसैंका लागि टिकट खुला, भाडा नबढ्ने
आइतबार, असोज २१, २०८०
यस वर्षको दसैँका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् यही असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
रामपुरमा प्रहरी–नागरिक सुनुवाई, शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीलाई सुझाव
शनिबार, असोज २०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । उसले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम रामपुर नगरपालिकाको सभाहलमा गरेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु
शुक्रबार, असोज १९, २०८०
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, तेह्रथुम, सुनसरी, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।


