Shittalpati
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा रहबास–खैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका ५ स्थित रहेको घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने वर्ष २४ को प्रदिप कुमाल र सोही ठाउँका सहचालक वर्ष १८ को मनिष परियारको रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा प्रहरी चौकी माथागढीबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update