पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ
शनिबार, असोज २७, २०८०
आजदेखि पितृ विसर्जन गरिँदै
शनिबार, असोज २७, २०८०
असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवंगत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो ।
काँग्रेस पाल्पाले गर्यो शुभकामना आदान–प्रदान
शुक्रबार, असोज २६, २०८०
नेपाली काँग्रेसस पाल्पाले नेपाल संवत्, विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको छ । काँग्रेसले शुक्रबार तानसेनस्थित बाल मन्दिरमा एक कार्यक्रमका बिच शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको हो ।
पाल्पा जिल्ला बास्केटबल संघ गठन, अध्यक्षमा उदय
शुक्रबार, असोज २६, २०८०
पाल्पा जिल्ला बास्केटबल संघ गठन भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ शुक्रबार तानसेनमा बसेको प्रथम भेलाले बास्केटबल संघ गठन गरेको हो ।
शित्तलपाटी डटकमका लेखक अर्याल पुरस्कृत
शुक्रबार, असोज २६, २०८०
शित्तलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिकका लेखक दुर्गा अर्याल राष्ट्रियस्तरको लेखन प्रतियोगिताबाट पुरस्कृत भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल पत्रकार महासंघ तथा नेपाल विजनेस इन्सिच्युटको संयुक्त आयोजनामा भएको लेखन प्रतियोगिताबाट नगद सहित अर्याल पुरस्कृत भएका हुन् ।
आजदेखि देशभरका हलमा ‘परदेशी २’ प्रदर्शनमा
शुक्रबार, असोज २६, २०८०
पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र ‘परदेशी २’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । देश तथा विदेशका विभिन्न ठाउँसँगै पाल्पामा समेत खिचिएको चलचित्र तानसेनको सन्तोष चलचित्र मन्दिर सहित देशभरका हलमा शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।
गुुल्मेली संगम पाल्पाको शुुभकामना आदान– प्रदान
बिहीबार, असोज २५, २०८०
गुल्मेली संगम पाल्पाले नजिकिदै गरेको विजया दशमी, शुभ दिपावलीको शुभकामना आदान–प्रदान गरेको छ । संगमले बिहीबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच शुभकामना आदान प्रदान गरेको हो ।
संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ
बिहीबार, असोज २५, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले संगठनमा इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस रम्भा गाउँपालिकाको प्रथम गाउँ सम्मेलनलाई रम्भामा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठनमा आवद्ध साथीहरुले इमान्दारीपूर्व काम गर्नुपर्ने बताएका हुन् ।
विश्व दृष्टि दिवस मनाइँदै
बिहीबार, असोज २५, २०८०
आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।
काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’
बुधबार, असोज २४, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नजिकिदै गरेका चाडपर्वहरुलाई सुरक्षित र सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार एक अपिल सार्वजनिक गर्दै सभापति श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
इजरायलबाट विद्यार्थीको गुहार, छिट्टै उद्दार गर्ने सरकारको आश्वासन
मंगलबार, असोज २३, २०८०
इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन सरकारसँग गुहार गरेका छन् ।
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
मंगलबार, असोज २३, २०८०
आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान
सोमबार, असोज २२, २०८०
नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो ।

1697266317.jpg)
