कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला
बिहीबार, मंसिर ७, २०८०
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
बिहीबार, मंसिर ७, २०८०
पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८० मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते तानसेनमा सचेतना कार्यक्रम गर्दै सुरु गरिएको १२ औं कर दिवस विहीबार समापन गरिएको हो ।
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
बिहीबार, मंसिर ७, २०८०
तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
बिहीबार, मंसिर ७, २०८०
तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त
बिहीबार, मंसिर ७, २०८०
दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा
बिहीबार, मंसिर ७, २०८०
नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।
भोली राम्दीमा हुने मेलाको तयारी सकियो
बुधबार, मंसिर ६, २०८०
भोली हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा हुन लागेको एकादशी मेलाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा हुन लागेको मेलाको तयारी सकिएको हो ।
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति
बुधबार, मंसिर ६, २०८०
लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, मंसिर ४, २०८०
स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा
सोमबार, मंसिर ४, २०८०
लुम्बिनी प्रदेशका चार जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
आज विश्व शौचालय दिवस मनाइदैं
आइतबार, मंसिर ३, २०८०
आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...
आमाछोरा मृत फेला
शनिबार, मंसिर २, २०८०
आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।


