Shittalpati
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राती रम्भाको भुमरस्थित कालिगण्डकी करीडोर सडक खण्डमा पिपलडाँडाबाट हुँगीतर्फ आउँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटना  हुँदा मोटरसाइकल चालक रम्भा गाउँपालिका–१ असर्दीका २८ वर्षीय हेमन्त जि.टीको मृत्यु भएको हो । 
  मोटरसाइकल सडकबाट २ सय मिटर तल कालिगण्डकी किनारमा खस्न पुग्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिए । घटनाको  प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पठाईएको छ । घटनाको थप अनुसन्धान  भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update