Shittalpati
शीत कृति ‘आहा’को लोकार्पण 

पाल्पा,  शीत कृति ‘आहा’को लोकार्पण गरिएको छ । अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित कृतिको एक कार्यक्रमकाबिच पोखरामा लोकार्पण गरिएको हो । 

संघीय सांसद श्याम राजा महत, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख जर्ज जोन र शीत परिकल्पनाकार पुष्कर अथक रेग्मीले संयुक्त रूपमा कृति लोकार्पण  गरेका हुन् । अलौकिक कवि देशभक्त सिंह प्रतिष्ठानद्वारा  प्रकाशित कृतिभित्र १ हजार ४ सय १४  वटा शीत  संग्रह प्रकाशित गरिएको छ ।  कृति प्रकाशितसँगै लेखक कुँवर  ईश्वरको रूपमा प्रतिष्ठापित भएका छन्  । उनलाई प्रमुख अतिथि महत, शीतका परिकल्पनाकार  रेग्मी  लगायतले चौथो शीत ईश्वरको रूपमा दोसल्ला र सम्मानपत्रद्वारा अभिनन्दित  गरे । 

शीतको नियम संरचना अनुसार १ हजार ८ भन्दा बढी शीत लेखी प्रकाशित गर्ने साधकलाई शीत ईश्वरको पदवीद्वारा विभूषित गरिन्छ । यसअघि प्रथमःशीत ईश्वर कृष्ण के सी ,द्वितीय शीत ईश्वर इन्दिरा ज्ञवाली पौडेल र तृतीय शीत ईश्वर शारदा ज्ञवाली ढकाल भइसकेका छन् । कृति प्रकाशित गर्ने शीत साधकहरूमा देवेन्द्रराज शाक्य , लव जोशी, धर्मी शाक्य , शोभा गौतम र  पुष्कर अथक रेग्मी रहेका छन् । हालसम्म शीत काव्यको क्षेत्रमा ९ वटा शीत काव्य कृति प्रकाशित भइसकेका छन् भने पत्र पत्रिका संगालो एवं सामाजिक सञ्जालहरूमा थुप्रै शीत काव्यहरू प्रकाशित भएका छन् । समारोहमा शीत परिकल्पनाकार  रेग्मी ,गायककार रामभक्त जोजु,न्यायिक व्यक्तित्व भूपनीधि पन्त ,शिक्षासेवी तोयनाथ लामिछाने ,गीतकार विश्वराज रसाइली ,गायिका सबिता सुनाम , समाजसेवी विश्वमोहन गौचनदर विजय सुवेदीलाई समेत पदकबाट सम्मान गरिएको छ । 

कार्यक्रममा प्रा. डा. यमबहादुर पौडेलले कार्यक्रमको औचित्यता , शीत कृति आहा र शीत काव्यको सम्बन्धमा चर्चा गरेका थिए ।  कार्यक्रममा  शिक्षाविद एवं साहित्यकार क्षेत्र बहादुर कुँवर,  प्रेमराज अधिकारी , ढाका भट्टराई , यादव भूर्तेल, ढाका थापा,सुरेन्द्र थापा, तिलक पराजुली ,म्याक गुरूङ, रीता पहारी, नारायण कोइराला , दिलिप राई, असफल गौतम,नवीन गुरूङ लगायतका साहित्यकार ÷ कलाकार ÷अभियन्ताहरूको उपस्थिति रहेको थियो ।   कार्यक्रममा  तोयनाथ लामिछाने, विश्वमोहन गौचन,जर्ज जोन , पुष्कर अथक रेग्मी लगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रम प्रा .डा. कृष्ण बहादुर केसीको अध्यक्षता, देवेन्द्र ठकुरीको सञ्चालनमा कार्यक्रम भएको  थियो ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update