Shittalpati
रामपुरमा निःशुल्क स्वास्थ्य शिविर

पाल्पा, जिल्लाको रामपुरमा निःशुःल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । पूर्व प्रधानमन्त्री स्वःसुशील कोइरालाको ८ औं स्मृति दिवसका अवसरमा एक दिने शिविर भएको हो । शुसिल कोईराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना, रामपुर नगरपालिकाको सह–आयोजना, काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोग र कालिगण्डकी फाउण्डेशन नेपालको समन्वयमा शिविर सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा काठमाडौ मेडिकल कलेजका प्रबन्धक नारायण प्रसाद दहालको नेतृत्वमा आएका विषेशज्ञ डाक्टरहरुले जनरल मेडिसिन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती सेवा, नाक,कान, घाँटी सेवा, शल्यक्रिया, मानसिक तथा नशाखा रोग विशेषज्ञ सेवा, आँखा तथा दन्त रोग विशेषज्ञ सेवा, मुटु रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

शिविरमा ९ सय ५३ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिए । शिविरमा मुटु, नशा, नाक, कान, घाँटी, स्त्री रोग, हाडजोर्नी सम्बन्धी समस्या भएका ३० जना विरामीलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेज रिफर गरिएको छ । उनीहरुको निःशुल्क उपचार हुनेछ । शिविरको प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक एवं नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिं पुन उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै सभापति पुनले स्वर्गीय सुशील कोइरालाको स्मृतिमा प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने योजना अनुसार कार्यक्रम गरिएको बताए । जनताको स्वास्थ्य समस्या पहिचान गर्न र गम्भीर प्रकृतिका रोगबाट पिडित दुरदराजका जनताको उपचार गर्नका लागि शिविर सञ्चालन गर्न लागिएको उनले बताए । 

प्रतिनिधि सभा सदस्य एवं काँग्रेस केन्द्रीय सदस्य डा.सुनिलकुमार शर्माले दुरदराजमा ठूला रोगबाट पीडित जनताको समस्या पहिचान गर्न र उपचारबाट बञ्चित भएकाहरुको लागि शिविर महत्वपूर्ण हुुने बताए । उनले अप्रेशन गर्नुपर्ने जटिल प्रकारका विरामीहरुलाई काठमाडौ मेडिकल कलेजमा यहि फागुन २८ गते निशुल्क उपचार गर्ने व्यवस्था गरिएको  जानकारी दिए । नगर प्रमुख रमणबहादुर थापाले जनताको स्वास्थ्यका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताए । उनले शिविर बाट निशुल्क उपचारका लागि काठमाडौं रिफर भएका विरामीलाई यातायात खर्चको व्यवस्था नगरपालिकाले गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख थापाको अध्यक्षता, कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको स्वागत, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update