पाल्पामा थप ४ जनामा कोरोना पुष्टि
शुक्रबार, असार १९, २०७७

मनोवैज्ञानिक प्राथमिक उपचार सेवा
शुक्रबार, असार १९, २०७७
तनावको अवस्थामा परेका मानिसलाई सहयोग गर्ने सीप हो । मनलाई शान्त बनाउने कुरा हो । मानिसलाई थप हानी हुनबाट जोगाउनु हो । सुरक्षाको प्रत्याभूती दिन, मनलाई शान्त र स्थिर बनाउन सहयोग गर्नु, भावनात्मक सम्वन्धमा वृद्धि गर्नु आशा जगाउनु तत्काल आधारभूत आवश्यकता परिपूर्ती गर्न सहयोग पुर्याउन अत्यावश्यक सुचना, सेवाहरु, सामाजिक सहायताको...

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो
बिहीबार, असार १८, २०७७
नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । विहिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले म्याग्दीका ४९ दिने...

पाल्पामा थप दुई जनामा कोरोना पुष्टि
बुधबार, असार १७, २०७७
जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार भैरहवा स्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेनका दुई जना पुरुषमा संक्रमण देखिएको हो । भारतबाट आएर तानसेन नगरपालिका वडा नं.१२ को आमडाँडा सामुदायिक भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताए ।...

शव व्यवस्थापनस्थलको टुङ्गो लागेन
बुधबार, असार १७, २०७७
कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटक–पटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार...

चिकित्सकसहितको स्वास्थ्य सेवा
बुधबार, असार १७, २०७७
जिल्लाको रम्भा गाउँपालिका–१ हुँगी स्थित स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ । चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ । हुँगीबाट सञ्चालित स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि एमबीबीएस डाक्टरबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।...

पाल्पामा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १४ पुग्यो
मंगलबार, असार १६, २०७७
जिल्लामा थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार र मंगलबार भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाको छ । संक्रमित हुनेहरुमा रम्भा गाउँपालिकाका १५ जना पुरुष, २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका...

तम्घासमा औषधिको अनुगमन
सोमबार, असार १५, २०७७
जिल्लाको सदरमुकाम तम्घासमा आयुर्वेदिक औषधि पसलहरुको अनुगमन गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्ला प्रशासन कार्यालय, रेसुङ्गा नगरपालिका, सुरक्षा निकाय, पत्रकारहरुको रोहवरमा सदरमुकाम तम्घासमा रहेका चार वटा आयुर्वेदिक औषधि पसल तथा एक वटा होमियोप्याथिक पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा दुई वटा आयुर्वेदिक औषधि पसल बन्द भेटिएको थियो...

गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि
सोमबार, असार १५, २०७७
जिल्लामा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय २४ पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिए ।

पाल्पामा थप २ जनामा कोरोना पुष्टि
आइतबार, असार १४, २०७७
जिल्लामा आईतबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमण देखिएका रिब्दीकोट गाउँपालिकाका एक जना पुरुष दुई हप्ता अघि भारतबाट आई वडा नं २ मा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै...

पिसिआर मेसिन राख्ने जग्गाका विषयमा छलफल
आइतबार, असार १४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पामा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै पिसिआर मेसिन राख्ने विषयमा छफल भएको छ । आइतबार संघीय सांसद, प्रदेश सांसद, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरु बिच पिसिआर मेसिन राख्ने उपयुक्त जग्गाको विषयमा छलफल भएको हो । सरकारले पाल्पा अस्पताल मातहतमा रहने...

गुल्मीमा थप १८ जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो
शनिबार, असार १३, २०७७
जिल्लामा शनिबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

पाल्पामा थप २५ जनामा कोरोना पुष्टि
शनिबार, असार १३, २०७७
जिल्लामा शनिबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका, तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकामा दुई महिला र २३ पुरुषमा संक्रमण देखिएको हो ।