पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र
मंगलबार, साउन १३, २०७७
रित्तिए रामपुर नगर भित्रका क्वारेन्टाईन तथा आइसोलेशन
मंगलबार, साउन १३, २०७७
कोरोना संक्रमण फैलिन नदिनरामपुर नगरपालिकाका स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेशनहरु खाली भएको छ ।लकडाउनसँगै भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुले भरिएका क्वारेन्टाइनहरुक्रमशः खाली हुँदै गएकोमा आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका १३ जनालाई आइतबारघर पठाएसँगै खाली भएको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
सोमबार, साउन १२, २०७७
नेपालमा कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा मृत्यु भएको हो ।
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए
सोमबार, साउन १२, २०७७
जिल्लामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका पाँच जना र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
पाल्पामा थप चार जनामा कोरोना संक्रमण
शनिबार, साउन १०, २०७७
जिल्लामा शनिबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
बिहीबार, साउन ८, २०७७
नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
स्क्रब टाइफसबाट मृत्यु
मंगलबार, साउन ६, २०७७
भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको मंगलबार मृत्यु...
माथागढीका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री
मंगलबार, साउन ६, २०७७
जिल्लाको माथागढी गाँउपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत विपन्न गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि कोभिड १९ सम्बन्धी सुरक्षा सामग्री वितरण गरेको हो ।
कोरोनाको त्रासले पाल्पामा रगत अभाव, विरामी जोखिममा
सोमबार, साउन ५, २०७७
एक हप्ता अघि जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका ३९ वर्षका भिमबहादुर विष्ट नियमित जस्तै मृगौलाको डायलासिस गराउन लुम्बिनी मेडिकल कलेज प्रभास पुगे । अस्पताल ल्याएको केही बेरमा चिकित्सकले उनको शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले तुरुन्त ‘ओ’ पोजेटिभ समूहको रगत ल्याउन आफन्तलाई अह्राए । आतिएका आफन्तले रगतका लागि सबै तिर...
पाल्पामा थप ७ जना निको भएर घर फर्किए
आइतबार, साउन ४, २०७७
जिल्लामा आइतबार थप ७ जना निको भएका छन् । जिल्लाको पूर्वखोला गाउँपालिकाका एक जना, रम्भा गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका एक जना, रिब्दीकोट गाउँपालिकाका एक जना र तानसेन नगरपालिकाका तीन जना संक्रमित निको भएका हुन् । थप ७ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय १६ पुगेको...
पाल्पामा थप दुई जनामा संक्रमण
शुक्रबार, साउन २, २०७७
जिल्लामा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलामा संक्रमण देखिएको हो । योसँगै रामपुर नगरपालिकामा एक सय १७ र तानसेन नगरपालिकामा १४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन...
पाल्पामा संक्रमित मध्ये ५ सय ९ जना निको भए, ४४ संक्रमित बाँकी
बिहीबार, साउन १, २०७७
जिल्लामा कूल संक्रमित मध्ये ५ सय ९ जना संक्रमति निको भएका छन् । विहिबार पछिल्लो २४ घन्टामा थप ८९ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय ९ पुगेको हो । विहिबार रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ७० जना, रम्भा गाउँपालिकाका १४ जना गरी ८९ जना संक्रमित...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो
बिहीबार, साउन १, २०७७
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले रौतहटका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको...


