Shittalpati
रित्तिए  रामपुर नगर भित्रका क्वारेन्टाईन तथा आइसोलेशन

इमान सिं राना

पाल्पा (रामपुर) । कोरोना संक्रमण फैलिन नदिन रामपुर नगरपालिकाका स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेशनहरु खाली भएको छ ।लकडाउनसँगै भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुले भरिएका क्वारेन्टाइनहरु क्रमशः खाली हुँदै गएकोमा आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका १३ जनालाई आइतबारघर पठाएसँगै खाली भएको हो । शहिद बहुमुखी क्याम्पसको आइसोलेशनमा रहेका ४ जना, आधारभूत माध्यमिक विद्यालयमा रहेका ७ जना, कालिकाआधारभूत विद्यालयमा रहेका १ र जानकी आधारभूत विद्यालयमा रहेका १ जना आइतबार घर पठाइएसंगै २३ वटै विद्यालयका क्वारेन्टाईन खाली भएको क्वारेन्टाईन व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक हिमाल मल्लले बताए । लकडाउन सुरु भएसंगै अन्य जिल्ला, भारततथा तेस्रो मुलुकबाट फर्किएका ७ सय ६८ जनालाई रामपुर नगरपालिकाले स्थापनागरेको २३ वटा विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो । जसमध्ये ६ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ४ जना महिला र १ सय १३ जना पुरुष गरी १ सय १७ मा पोजेटिभ देखिएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थप्रसाद ढुङ्गानाले २ सय १९जनाको आरडिटी परीक्षण गर्दा १९ जनामा पोजेटिभ देखिएको जानकारी दिए । पोजेटिभ देखिएका मध्ये सरकारलेबनाएको मापदण्ड अनुसार सुरुमा दोस्रो रिपोर्ट पछि घर गएका थिए भने पछि १४ दिन पछिकुनै लक्ष्यण नदेखिए पछि घर गएका हुन् । यससंगै शहिद बहुमुखी क्याम्पसमा रामपुरनगरपालिका र निस्दी गाउँपालिकाले निर्माण गरेको आइसोलेशन खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु पनि सोमबार आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् । रामपुर नगरपालिकाले क्वारेन्टाईन तथा आइसोलेशनमा खटिनेव्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेको थियो । नगर भित्रका क्वारेन्टाईन तथा आईसोलेसनखाली भएसंगै क्वारेन्टाईन व्यवस्थापन तथा सञ्चालन समितिले एक कार्यक्रम गरी धन्यवाद ज्ञापनगरेको हो । समितिले सोमबार कार्यक्रम गरी क्वारेन्टाईन स्थलमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको हो । क्वारेन्टाईनमा खटिएका व्यक्तित्वहरुलाई धन्यवाद दिदै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले क्वारेन्टाईन व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालय व्यवस्थापन समिति र स्थानीयहरुको सहयोगले संक्रमण फैलनबाट जोगिएको बताए ।उनले संक्रमण अझ फैलन सक्ने खतरा रहेको भन्दै विपत्तिको सामना गर्न तयारी अवस्थामा रहन सबै सरोकारवालाहरुलाई आग्रह गरे । थापाले राजनैतिक दल, संघ संस्थाहरुले देखाएको अग्रसरताको प्रशंसा समेत गरे ।      

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले नगरको अहिलेको अवस्थाकोबारेमा जानकारी दिदै असार २० गते सम्ममा क्वारेन्टाईन व्यवस्थापनको लागि ७१ लाख ५३ हजार १ सय ९१ रुपैयाँ बराबरको खर्च भएको जानकारी दिए । कार्यक्रममा गोरख दल गुल्म रामपुरका सेनापति हरि तिवारी, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल कम्युनिष्टपार्टी नेकपा रामपुरका अध्यक्ष एवं क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य कमलराज भट्टराई, शहिद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले र रामपुरनगरपालिका ६ का वडा अध्यक्ष एवं क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य हुमनाथ न्यौपानेलेबोल्दै क्वारेन्टाईन व्यवस्थापनमा देखिएका चुनौती, सिकाएको पाठका बारेमा बताएका थिए । उनीहरुले विपदसँगै विकासमा पनि सहकार्य गर्दै अघि बढ्न सके समस्याहरुलाई सहजै समाधान गर्न सकिने बताएका थिए । क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक हिमाल मल्लको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव कपिलबहादुर खाँणले गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update