Shittalpati
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए

पाल्पा । जिल्लामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका एक जना,  बगनासकाली गाउँपालिकाका पाँच जना र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन् । थप ७ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय ५४ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । उनीहरुलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि स्थानीय तहका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गराईदै आइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ५ सय ६१ संक्रमितमध्ये सोमबारसम्म ५ सय ५४ जना निको भइसकेको र बाँकी ६ जना विभिन्न आइसोलेशन सेन्टरमा रहेका छन् । हालसम्म माथागढी गाउँपालिकाका ३० जना, रामपुर नगरपालिकाका १ सय ११७, पूर्वखोलाका १ सय ५९, रैनादेवी छहराका ३८, रम्भाका ४०, बगनासकालीका ४२, तिनाउका ८, रिब्दीकोटका ५, निस्दीका ९८, तानसेनका १४, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका हुन् ।

गत शनिबार रम्भा गाउँपालिकाका थप चार जनामा कोरोना संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६१ पुगेको हो । हालसम्म रामपुर नगरपालिकामा एक सय १७, तानसेन नगरपालिकामा १४, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३९,रम्भा गाउँपालिकामा ४४, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ६०, रिब्दीकोट गाउँपालिकामा ५, उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update