कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु
आइतबार, साउन १८, २०७७

भारतमा एकैदिन ५७ हजार संक्रमित
आइतबार, साउन १८, २०७७
भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
शनिबार, साउन १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १५ जना संक्रमित...

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
शुक्रबार, साउन १६, २०७७
नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो ।

बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल
बिहीबार, साउन १५, २०७७
प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले लुम्बिनी मेडिकल कलेज प्रभास (एलएमसी) मा उपचाररत रामपुरका बिरामीहरुको स्वास्थ्य अवस्था बुझेका छन् । बिहीबार सांसद् राना सहितको टोलीले अस्पतालमै पुगी पितृप्रसाद ग्रहण गर्ने क्रममा खिर खाएर बिरामी भई एलएमसीमा उपचाररत विरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।

पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए
बिहीबार, साउन १५, २०७७
जिल्लामा विहिबार थप दुई जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक जना र निस्दी गाउँपालिकाका एक जना संक्रमित निको भएका हुन् ।

रामपुरमा खिर खाएर विरामी हुनेको संख्या थपिदै, विरामी मध्ये दुई जना गम्भीर
बुधबार, साउन १४, २०७७
जिल्लाको रामपुर नगरपालिका ७ मा खिर खाएर विरामी हुनेहरुको संख्या थपिदै गएको छ । मृत्यु संस्कारमा खिर खाएका मध्ये मंगलबार २९ जना विरामी भएकोमा बुधबार साँझसम्ममा विरामीको संख्या थपिएर ७५ पुगेको छ ।

पाल्पाको रामपुरमा पितृप्रसाद ग्रहण गरेका २९ बढी एकै पटक बिरामी
मंगलबार, साउन १३, २०७७
जिल्लाको रामपुर नगरपालिका-७ मा सामूहिक प्रसाद ग्रहण गरेका २९ जना भन्दा बढी बिरामी परेका छन् । आइतबार मोहोटी टोलमा पितृप्रसाद ग्रहण गरेकाहरु सोमबारदेखि बिरामी परेका हुन् ।

पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र
मंगलबार, साउन १३, २०७७
जिल्लाको तानसेनमा पिसिआर जाँच गर्ने मेसिन राख्ने कार्यको प्रारम्भिक तयारी तिव्र रुपमा भइरहेको छ । मेसिन राख्ने कामको जिम्मा पाल्पा अस्पतालले पाएपछि मेसिन जडान गर्ने स्थानको मर्मत तथा संहारको कार्य अहिले रातदिन गरेर भइरहेको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।

रित्तिए रामपुर नगर भित्रका क्वारेन्टाईन तथा आइसोलेशन
मंगलबार, साउन १३, २०७७
कोरोना संक्रमण फैलिन नदिनरामपुर नगरपालिकाका स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेशनहरु खाली भएको छ ।लकडाउनसँगै भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुले भरिएका क्वारेन्टाइनहरुक्रमशः खाली हुँदै गएकोमा आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका १३ जनालाई आइतबारघर पठाएसँगै खाली भएको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
सोमबार, साउन १२, २०७७
नेपालमा कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा मृत्यु भएको हो ।

पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए
सोमबार, साउन १२, २०७७
जिल्लामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका पाँच जना र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन् ।

पाल्पामा थप चार जनामा कोरोना संक्रमण
शनिबार, साउन १०, २०७७
जिल्लामा शनिबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।