प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

रुपन्देही । प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले जानकारी दिए ।
मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ । मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताए । मन्त्रालयका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको जनाइएको छ । -रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्