Shittalpati
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु

पाल्पा । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यो सहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । पछिल्लो विवरण अनुसार १ सय ९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update