विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
मंगलबार, साउन २७, २०७७
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
मंगलबार, साउन २७, २०७७
गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन चार जनाको मृत्यु भएको पुष्टि
सोमबार, साउन २६, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
आइतबार, साउन २५, २०७७
जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रम्भा गाउँपालिकाका ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।
तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने
शनिबार, साउन २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने भएको छ । गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी युक्त गाउँपालिका बनाउने अभियान अन्तर्गत वडा २ दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रसुतिगृह यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।
रामपुर नगरमा स्तनपान कक्ष सञ्चालन
शनिबार, साउन २४, २०७७
जिल्लाको रामपुर नगरपालिकाले शुक्रबारदेखि छुट्टै स्तानपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा कार्यरत महिला कर्मचारी तथा महिला सेवाग्राहीहरुको सहजताका लागि कार्यालय परिसरमा छुट्टै कक्ष स्थापना गरेको हो ।
कोरोनाबाट थप पाँच जनाको मृत्यु, मृतको संख्या ७० पुग्यो
शुक्रबार, साउन २३, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । शुक्रबार २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो
बिहीबार, साउन २२, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
बुधबार, साउन २१, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर
मंगलबार, साउन २०, २०७७
तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
मंगलबार, साउन २०, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
पाल्पा कोरोना संक्रमण मुक्त
मंगलबार, साउन २०, २०७७
पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।
कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु
आइतबार, साउन १८, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् ।


