पाल्पा, तानसेनमा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा गोष्ठी भएको छ । पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
कार्यक्रममा अस्पताल र अस्पताल अन्तर्गतका संस्थाहरुले आ–आफ्नो संस्थाको वार्षिक कार्यप्रगति सार्वजनिक गरेका छन् । पाल्पा लायन्स लाकोल आँखा अस्पतालका ब्यवस्थापक जीवनाथ गैरेले कार्यप्रगति प्रस्तुत गरे । उनले हाल अस्पतालले सञ्चालन गर्दै आएको । आखाँको शल्यक्रिया नियमित हुँदै आएको बताए । गैरेले पछिल्लो समय सरकारले बिमा शुल्क समयमा भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा समस्या आएको समेत गुनासो गरे । कार्यक्रममा कालीगण्डकी आँखा उपचार केन्द्रका इञ्चार्ज सुन्दर रानाले उपचार केन्द्रमा प्रदेश र स्थानीय निकाय र स्थानीय समाजसेवीहरुबाट उपचार केन्द्रलाई राम्रै सहयोग प्राप्त भएको भन्दै निकट भविष्यमा उपचार केन्द्रलाई आखाँ अस्पतालका रुपमा परिणत गर्ने साेंच रहेको उल्लेख गरे ।
तिनाउ आँखा उपचार केन्द्रका इञ्चार्ज रमेश साहनीले छ महिनाको अवधिमा गाउँपालिकाको महत्वपूर्ण सहयोगले कार्यक्रम सफल भएको बताउँदै आगामी आर्थिक बर्षको काम लागि पालिका र अस्पताल ब्यवस्थापन समितिबिच थप छलफल भइरहेको बताए । गोष्ठीमा अस्पताल ब्यवस्थापन समितिका सदस्य तथा नेपाल नेत्रज्योति संघका उपाध्यक्ष भिमसेन कार्की, कोषाध्यक्ष बेदराम श्रीस, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बेबिका फुयाल, कालीगण्डकी आखाँ उपचार केन्द्र तथा सर्जिकल सेन्टर रामपुरका संयोजक भिम विश्व भट्टराई लगायतले भविष्यमा अस्पताल तथा उपचार केन्द्रहरुलाई थपस्तर वृद्धि र ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अस्पताल र उपचार केन्द्रहरुलाई दातृ तथा स्थानीय निकाय, जिल्लामा रहेका विभिन्न सामाजिक संघ सस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्नु पर्ने, आँखा उपचार सेवालाई थप गुणस्तरीय र प्रभाकारी बनाउनु पर्ने, सरकारले चस्मामा लगाएको करले सेवाग्राहीहरु मारमा परेकाले त्यस विषयमा अस्पतालले सम्बन्धित निकायसँग पहल गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष भिमसेन कार्कीेको स्वागत, सचिव राजेन्द्र लिगलको सञ्चालनमा कार्यक्रम भएको थियो ।


