Shittalpati
बुटवलमा कोरोना संक्रमितको मृत्यु

बुटवल । कपिलवस्तुका उक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार मृत्यु भएको हो ।

उनको आईसीयुमा राखेर उपचारभइरहेको थियो । तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनी अस्पताल पुगेका थिए । मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए । उनको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको डा. गौतमले जानकारी दिए । यसअघि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update