Shittalpati
पाल्पामा थप एक जनामा कोरोना पुष्टि

पाल्पा । जिल्लामा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेनका एक जना महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । तानसेनका पाँच जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । उनी घरमा बस्दै आएकी थिईन् । महिला लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएकी थिइन् । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै खटेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ । 

विहिबार थपिएका एक जना संक्रमितसँगै तानसेनमा संक्रमितको संख्या १५ पुगेको छ । थप एक जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६३ पुगेको हो । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४७ जना महिला रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update