Shittalpati
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’

रुपन्देही । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति मृत्यु भएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । तेलीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

बुधबार साँझ आएको पीसीआर रिपोर्टमा तेलीलाई कोरोना संक्रमण नदेखिएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए । साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा मंगलबार राति मृत्यु भएको थियो । तेलीलाई मिर्गौलामा समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update