Shittalpati
पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र

पाल्पा । जिल्लाको तानसेनमा पिसिआर जाँच गर्ने मेसिन राख्ने कार्यको प्रारम्भिक तयारी तिव्र रुपमा भइरहेको छ । मेसिन राख्ने कामको जिम्मा पाल्पा अस्पतालले पाएपछि मेसिन जडान गर्ने स्थानको मर्मत तथा संहारको कार्य अहिले रातदिन गरेर भइरहेको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिए । अध्यक्ष लगायत हस्पतालको टिम पिसिआर मसिन जडान गर्ने ठाउँको मर्मत तथा स्तरवृद्धि र वातानुकुलीत जडानमा अहोरात्र खटिरहेको छ ।

 पिसिआर मेसिन राख्ने ठाउँको बारेमा जानकारी दिदैं अध्यक्ष नेत्रप्रसाद पाण्डे ।

अध्यक्ष पाण्डेका अनुसार साउन मसान्तभित्र सो कार्य सम्पन्न भई पिसिआर जाँच शुरु गर्ने लक्ष्य अनुसार काम भईरहेको छ । तत्कालिन जिल्ला विकास समिति, हालको जिल्ला समन्वय समितिको काजीपौवामा रहेको भवनमा सो मेसिन राख्ने निर्णय भएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update