Shittalpati
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

पाल्पा । नेपालमा कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा मृत्यु भएको हो । उनको सोमबार मृत्यु भएको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनी निमोनिया, मिर्गौला र मस्तिष्क घातसम्बन्धी रोगका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । सोमबारसम्म कोरोनाका संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय २६ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो सहित कोरोना जित्नेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update