Shittalpati
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए जिल्लामा कोरोना संक्रमित देखिएका पाँच जना निको भएर घर फर्किएका छन् । लुम्बिनी मेडिकल कलेजको कोरोना सेन्टरमा रहेका २ जना र तानसेन मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना गरी ५ जना निको भएर घर फर्किएका हुन् । उनीहरुको सबैको दोस्रो पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर...
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण नेपाली कांँग्रेसका युवा नेता तथा जिल्ला सचिव अजयमान कर्माचार्यले क्वारेन्टाइनको निरीक्षण गरेका छन् । उनले तानसेन नगरपालिका वडा नम्वर ६ बर्तुङ्गमा रहेको क्वारेन्टाइनको स्थलगत निरीक्षण गरेका हुन् । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको व्यवस्थापन लगायतका विषयमा नेता कर्मचार्यले निरीक्षण गरेका थिए...
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । विहिबार मात्र जिल्लामा ५ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमित रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले...
कोरोनाबाट भारतमा एकैदिन दुई हजारको मृत्यु
कोरोनाबाट भारतमा एकैदिन दुई हजारको मृत्यु भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मंगलबार...
तानसेनमा कोरोना भाइरस सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण
तानसेनमा कोरोना भाइरस सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण तानसेनमा कोरोना भाइरस कोभिड १९ सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुआहाराको आयोजनामा एक दिने कोरोना भाइरस कोभिड १९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक सभापती मिरा मरासिनीले जिल्लामा कोरोना भाइरसको संक्रमण...
रेडक्रस पाल्पाद्वारा क्वारेन्टाइनमा रहेकालाई मनोसामाजिक उपचार  दिदै
रेडक्रस पाल्पाद्वारा क्वारेन्टाइनमा रहेकालाई मनोसामाजिक उपचार दिदै विश्व्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले आम मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको बेला जिल्लामा सञ्चालित सामाजिक संस्था नेपाल रेडक्रस शोसाइटीले भने मनोसामाजिक प्राथमिक उपचार दिदैआएको छ ।
२६ कोरोना सङ्क्रमित घर फिर्ता
२६ कोरोना सङ्क्रमित घर फिर्ता भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।
पिसिआर परीक्षणको दायरा बढाउन पाल्पा काँग्रेसको माग
पिसिआर परीक्षणको दायरा बढाउन पाल्पा काँग्रेसको माग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पिसिआर मेसिन सहितको ल्याव स्थापना गरी परीक्षणको दायरा बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा जिल्ला प्रशासन पुगेका कांग्रेस नेताहरुले प्रमुख जिल्ला...
५० हजार थान पीसीआर प्रदान
५० हजार थान पीसीआर प्रदान दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।
गुल्मीका सुरक्षाकर्मीलाई पिपिइ
गुल्मीका सुरक्षाकर्मीलाई पिपिइ जिल्लामा कार्यरत सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरणका लागि फ्रन्टलाइनमा रहि काम गरिरहेका सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिको सहयोगमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरतकुमार...
पाल्पामा थप १० जनामा कोरोना, संक्रमितको संख्या ५० पुग्यो
पाल्पामा थप १० जनामा कोरोना, संक्रमितको संख्या ५० पुग्यो पाल्पामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार मात्र पाल्पामा १० जना सक्रमित थपिएका हुन । थपिएका सक्रमित १० जना पूर्वखोला गाउँपालिकाका रहेका छन् । उनीहरु वडा नंं ५ विरकोट स्थित जनकल्याण आधारभुत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका वडा नंं १ का ६ जना पुरुष, वडा नंं २ का...
पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि
पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि भएको छ । आईतबार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा पाल्पाका १७ जना र गुल्मीका ८ जनामा संक्रमण देखिएको हो ।
Weather Update