Shittalpati
गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि

रमेश विश्वकर्मा

गुल्मी । जिल्लामा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय २४ पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गुल्मीदरवार गाउँपालिकाका २१ जना, रुरुक्षेत्र गाउँपालिकाका ८ जना र छत्रकोट गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ, भने ८७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update