
पाल्पा । जिल्लामा शनिबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका, तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकामा दुई महिला र २३ पुरुषमा संक्रमण देखिएको हो । जहाँ रामपुर नगरपालिकामा १९ जना, तानसेन नगरपालिकामा ४ जना र पूर्वखोला गाउँपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए । रामपुर नगरपालिकामा देखिएका १९ जना मध्ये १ जना महिला र १८ जना पुरुष रहेका छन् । उनीहरु तेस्रो हप्ता अघि भारतबाट आएर वडा नं. १ को शंकर आधारभूत विद्यालयको क्वारेन्टाइनमा ४ जना, वडा नं २ कालिका प्राविमा ८ जना, वडा न. ८ गंगाा प्राविमा ८ जना बसेका थिए । यस सगैं रामपुरमा संक्रमितको संख्या ११० पुगेको छ । गत जेठ २१ गते कोरोना पोजेटिभ देखिएका २ जना भने निको भएर घर फर्किएका छन् ।
त्यस्तै तानसेन नगरपालिकाका ३ जना पुरुष, १ जना महिला गरी चार जनामा संक्रमण देखिएको हो । तानसेन वडा नम्वर ६ मा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका ३ जना, वडा नम्वर ९ माण्डव्य बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका १ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक झपेन्द्र न्यौपानेले बताए । उनीहरु सबै चार हप्ता अघि भारतबाट आएका थिए । योसँगै तानसेनमा संक्रमितको संख्या ९ पुगेको छ । पूर्वखोला गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको छ । योसँगै पूर्वखोलामा संक्रमितको संख्या १ सय ४९ पुगेको छ ।
शनिबार देखिएका २५ जना सहित जिल्लामा संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । यस अघि निस्दी गाउँपालिकामा ९५, रम्भा गाउँपालिकामा २२, तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रिव्दीकोट गाउँपालिकामा ४ जना संक्रमित भएका छन् । उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १६ जना निको भई घर फर्किसकेका छन् ।