गुल्मीको एक सुत्केरी महिलालाई कोरोना
आइतबार, असार ७, २०७७
पाल्पामा आज २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४ पुग्यो
आइतबार, असार ७, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । आइतबार मात्र जिल्लामा २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
आइतबार, असार ७, २०७७
कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।
नेपाली काँग्रेस छत्रकोटद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
आइतबार, असार ७, २०७७
नेपाली काँग्रेस छत्रकोट गाउँपालिका वडा नं. ६ वडा कार्यसमितिले वडा कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि वडा अध्यक्ष थम्मनबहादुर ज्ञवालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वडा सभापति दिलबहादुर थापाले जानकारी दिए ।
पाल्पामा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । शनिवार मात्र जिल्लामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना, प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण...
गुल्मीमा थप १५ जनामा कोरोना संक्रमण
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि...
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नंं ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा सक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा...
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो
शुक्रबार, असार ५, २०७७
जिल्लामा एकै दिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
परिवारमा प्रविधिको असर !
शुक्रबार, असार ५, २०७७
अहिलेको यो सूचना प्रविधि अनि विकशित हुँदै गइरहेको समाजमा कहीं हामीहरूबाट केहि भूल चुक त भइरहेको छैन ? हामीद्वारा आफ्नो लगायत घरका साना नानी बाबुहरुको हेरचाह अनि पालन पोषण गर्ने क्रममा कही कमी त भइरहे को त छैन ? एक पटक आफैले आफैलाई प्रश्न गरौं के तपाईलाई थाहा छ कि...
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए
बिहीबार, असार ४, २०७७
जिल्लामा कोरोना संक्रमित देखिएका पाँच जना निको भएर घर फर्किएका छन् । लुम्बिनी मेडिकल कलेजको कोरोना सेन्टरमा रहेका २ जना र तानसेन मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना गरी ५ जना निको भएर घर फर्किएका हुन् । उनीहरुको सबैको दोस्रो पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर...
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण
बिहीबार, असार ४, २०७७
नेपाली कांँग्रेसका युवा नेता तथा जिल्ला सचिव अजयमान कर्माचार्यले क्वारेन्टाइनको निरीक्षण गरेका छन् । उनले तानसेन नगरपालिका वडा नम्वर ६ बर्तुङ्गमा रहेको क्वारेन्टाइनको स्थलगत निरीक्षण गरेका हुन् । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको व्यवस्थापन लगायतका विषयमा नेता कर्मचार्यले निरीक्षण गरेका थिए...
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो
बिहीबार, असार ४, २०७७
पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । विहिबार मात्र जिल्लामा ५ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमित रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले...


