
रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । आइतबार मात्र जिल्लामा २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु दुवै जना ३ हप्ता अघि भारतबाट आएका गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । यो सँगै रैनादेवीमा संक्रमितको संख्या २० पुगेको छ । शनिबार मात्र रैनादेवीमा १६ र यस अघि २ जनामा संक्रमण पुष्टि भएको थियो । आजदेखिएका संक्रमित दुई जनालाई तानसेन ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
योसंगै जिल्लामा सक्रमितको संख्या ९४ पुगेको छ । यस अघि बगनासकाली गाउँपालिकामा १७ जना, रम्भा गाउँपालिकामा १६ जना, माथागढी गाउँपालिकामा १५ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, तिनाउँ गाउँपालिकामा ३ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भई घर फर्किएका छन् ।