Shittalpati
गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा रेसुङ्गा नगरपालिकाका १८ जना, गुल्मीदरबार गाउँपालिकाका १ जना र छत्रकोट गाउँपालिकाका १ जना ६९ वर्षीय पुरुष रहेका छन् । छ्त्रकोट गाउँपालिकाका ती पुरुषको गत ४ गते मृत्यु भएको सूचना अधिकारी आचार्यले बताए । उनको ४ गते आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आए पछि तत्काल स्वाव संकलन गरिएको थियो । जिल्लामा योसंगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ, भने जिल्लामा अहिलेसम्म ६ जना उपचार पछि निको भएका छन् । अहिलेसम्म ईस्मा गाउँपालिकाका २१ जना, कालिगण्डकी गाउँपालिकाका १ जना, गुल्मीदरबार गाउँपालिकाका २१ जना, चन्द्रकोट गाउँपालिकाका १८ जना, छ्त्रकोट गाउँपालिकाका २८ जना, धुर्कोट गाउँपालिकाका २२ जना, मदाने गाउँपालिकाका २ जना, मालिका गाउँपालिकाका ४ जना, मुसिकोट नगरपालिकाका ११ जना, रुरुक्षेत्र गाउँपालिकाका ४ जना, रेसुङ्गा नगरपालिकाका ३६ जना, सत्यवती गाउँपालिकाका ६ जना गरि जिल्लामा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update