Shittalpati
नेपाली काँग्रेस छत्रकोटद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गुल्मी । नेपाली काँग्रेस छत्रकोट गाउँपालिका वडा नं. ६ वडा कार्यसमितिले वडा कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि वडा अध्यक्ष थम्मनबहादुर ज्ञवालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वडा सभापति दिलबहादुर थापाले जानकारी दिए ।

नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिका सदस्य रामप्रसाद भण्डारी र श्रीबहादुर बुढाथोकीको पहलमा नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले स्वास्थ्य सामग्री पठाएको विपद् व्यवस्थापन समितिका संयोजक योगराज कंडेलले जानकारी दिए । माग भए अनुसार तीन थान पिपिइ, १० बोत्तल सेनिटाईजर, १०० पिस माक्स पठाईएको कंडेलले बताए । वडा सभापति दिलबहादुर थापा, उपसभापति गोपाल बुचा, पूर्व सभापतिहरु देवबहादुर ज्ञवाली, गोपी बहादुर सोमरे, तरुण दलका वडा अध्यक्ष लोकबहादुर सारु, खिमबहादुर सोमरे लगायतको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । यस अघि नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले जिल्लाका विभिन्न संघसंस्थालाई पनि स्वास्थ्य सामग्रीहरु पठाएको थियो । त्यस्तै काँग्रेसले अप्ठ्यारोमा परेका नागरिकहरुलाई पनि सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update