Shittalpati
पाल्पामा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १४ पुग्यो

पाल्पा । जिल्लामा थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार र मंगलबार भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाको छ । संक्रमित हुनेहरुमा रम्भा गाउँपालिकाका १५ जना पुरुष, २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका १२ पुरुष, १ महिला गरी १३ जना, पूर्वखोलाका १० जना पुरुष र रामपुर नगरपालिकाका १ जना पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट आई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको अवस्था सामन्य रहेको सम्बन्धित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन् । अहिले सम्म रम्भा गाउँपालिकामा ३९, रैनादेवी छहरा गाउँपालिकामा ३३ जना, पूर्वखोलामा १ सय ५९,रामपुरमा संख्या १ सय १२ जना संक्रमित पुगेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय १४ पुगेको छ । यस अघि रिब्दीकोटमा ५, तानसेन नगरपालिकामा ९ जना, निस्दी गाउँपालिकामा ९५,तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update