Shittalpati
गुल्मीमा थप १८  जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा शनिबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार संकमण पुष्टि हुनेमा जिल्लाको धुर्कोट गाउँपालिकाका ६ जना, रेसुंगा नगरपालिकाका ४ जना, छत्रकोट गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म (शनिवार) ईस्मा गाउँपालिकाका ५७ जना, कालिगण्डकी गाउँपालिकाका १ जना, गुल्मीदरबार गाउँपालिकाका २२ जना, चन्द्रकोट गाउँपालिकाका १८ जना, छ्त्रकोट गाउँपालिकाका ३६ जना, धुर्कोट गाउँपालिकाका ३३ जना, मदाने गाउँपालिकाका ६ जना, मालिका गाउँपालिकाका १३ जना, मुसिकोट नगरपालिकाका १५ जना, रुरुक्षेत्र गाउँपालिकाका २३ जना, रेसुङ्गा नगरपालिकाका ४१ जना, सत्यवती गाउँपालिकाका ११ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा ३४ जना कोरोना भाइरस संक्रमितहरु डिस्चार्ज भएर घर फर्किसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार रेसुङ्गा नगरपालिकाका १७ जना, ईस्मा गाउँपालिकाका १० जना, मदाने गाउँपालिकाका १ जना, चन्द्रकोट गाउँपालिकाका १ जना, धुर्कोट गाउँपालिकाका १ जना, गुल्मीदरवार गाउँपालिकाका २ जना र मालिका गाउँपालिकाका २ जना कोरोना भाइरस संक्रमितहरु डिस्चार्ज भएका छन् । उनीहरु सम्बन्धित स्थानीय तहले तयार गरेको आइसोलेशनमा बस्दै आएको आचार्यले बताए ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update