Shittalpati
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

पाल्पा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३८ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । नेपालमा पछिल्लो २४ घन्टामा ७० जनामा मात्रै संक्रमण देखिएको छ । पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update