Shittalpati
माथागढीका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री

पाल्पा । जिल्लाको माथागढी गाँउपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत विपन्न गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि कोभिड १९ सम्बन्धी सुरक्षा सामग्री वितरण गरेको हो । गाँउपालिकाले स्वास्थ्यकर्मीहरूका लागि पिपिई सेट,माक्स,पञ्जा,सेनिटाइजर,चस्मा र गमबुट लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ । आठ वटै वडामा रहेका सात वटा स्वास्थ्य चौकी र दुई वटा सामुदायिक स्वास्थ्य इकाईलाई गाँउपालिका प्रवक्ता तथा वडा नं.४ का वडा अध्यक्ष मधु पराजुली र सामाजिक विकास समितिका संयोजक सावित्रा पन्थीले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सङक्रमणबाट बचाउन अग्रपङतीमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूको सुरक्षालाई ध्यानमा राखि सुरक्षाका सामग्री वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष पराजुलीले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update