Shittalpati
पाल्पामा थप ७ जना निको भएर घर फर्किए

पाल्पा । जिल्लामा आइतबार थप ७ जना निको भएका छन् । जिल्लाको पूर्वखोला गाउँपालिकाका एक जना, रम्भा गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका एक जना, रिब्दीकोट गाउँपालिकाका एक जना र तानसेन नगरपालिकाका तीन जना संक्रमित निको भएका हुन् । थप ७ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय १६ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । उनीहरुलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि स्थानीय तहका विभिन्न आइसोलेशन सन्टर राखेर उपचार गराईदै आइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ५ सय ५६ संक्रमितमध्ये आईतबारसम्म ५ सय १६ जना निको भइसकेको र बाँकी ४० जना विभिन्न आइसोलेशन सेन्टरमा रहेका छन् । हालसम्म माथागढी गाउँपालिकाका २८ जना, रामपुर नगरपालिकाका १ सय ११, पूर्वखोलाका १ सय ५९, रैनादेवी छहराका ३३, रम्भाका ४०, बगनासकालीका २९, तिनाउका ४, रिब्दीकोटका ५, निस्दीका ९५, तानसेनका ९, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

आइतबार एक जनामा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म बगनासकाली गाउँपालिकामा ४२,रम्भा गाउँपालिकामा ४०,माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका८,रैनादेवी छहरा गाउँपालिकामा ३९, तानसेन नगरपालिकामा १४, रामपुर नगारपालिकामा १ सय १७, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update