Shittalpati
कोरोनाबाट मृत्यु  हुनेको संख्या ३९ पुग्यो

पाल्पा । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले रौतहटका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य प्रवक्ता डा.गौतमले जानकारी दिए । उनका अनुसार उनको मृत्यु नारायणी अस्पताल वीरगञ्जको आईसीयूमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

मृतकका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको थियो । त्यस क्रममा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update