Shittalpati
पाल्पामा थप १३ जना संक्रमित निको भएर घर फर्किए

पाल्पा । जिल्लामा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । सोमबार उनीहरुलाई १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै रैनादेवी छहरा गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा रही उपचार गराईदै आएको थियो । उनीहरुलाई सोमबार नै घर पठाउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । जिल्लाका ५ सय ५३ संक्रमितमध्ये सोमबारसम्म ३ सय ६६ जना निको भइसकेका छन् । हालसम्म माथागढी गाउँपालिकाका २८ जना, रामपुर नगरपालिकाका १ सय ६,पूर्वखोलाका ३४, रैनादेवी छहराका ३३, रमभाका २५, बगनासकालीका २८, तिनाउका ४, रिब्दीकोटका ४, निस्दीका ९५, तानसेनका ६ , गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

जिल्लामा सोमबार भने एक जनामा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update