Shittalpati
पाल्पामा थप चार जनामा संक्रमण

पाल्पा । जिल्लामा आइतबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा निस्दी गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै गाउँपालिकामा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लामा निस्दीमा थपिएका ४ जनासँगै संक्रमितको संख्या ५ सय ५३ पुगेको छ । हालसम्म बगनासकाली गाउँपालिकामा संक्रमितको संख्या ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ५० जना संक्रमित डिस्चार्ज भएका छन् । माथागढी गाउँपालिकाका १३ जना, बगनासकालीका २७ जना, तानसेनमा ६ जना र तिनाउका ४ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । योसँगै जिल्लामा आइसोलेशनबाट घर फर्कर्नेको संख्या ५ सय ५३ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update