Shittalpati
पाल्पामा थप दुई जनामा संक्रमण

पाल्पा, जिल्लामा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलामा संक्रमण देखिएको हो । योसँगै रामपुर नगरपालिकामा एक सय १७ र तानसेन नगरपालिकामा १४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन र रामपुरमा थपिएका दुई जनासँगै जिल्लामा संक्रमितको संख्या ५ सय ५५ पुगेको छ । जिल्लामा सोमबारदेखि एक जनामा पनि संक्रमण देखिएको थिएन् । शुक्रबार मात्र दुई जनामा देखिइको हो । अहिलेसम्म बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको थियो ।
जिल्लामा कूल संक्रमित मध्ये ५ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म माथागढी गाउँपालिकाका २८ जना, रामपुर नगरपालिकाका १ सय ११, पूर्वखोलाका १ सय ५८, रैनादेवी छहराका ३३, रम्भाका ३९, बगनासकालीका २८, तिनाउका ४, रिब्दीकोटका ४, निस्दीका ९५, तानसेनका ६, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । उनीहरुलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि स्थानीय तहका विभिन्न आइसोलेशन सन्टर राखेर उपचार गराईदै आइएको थियो । संक्रमित मध्ये ४६ जना विभिन्न आइसोलेशन सेन्टरमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update