Shittalpati
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए । उनले अन्य समयमा पनि विरामीलाई अक्सिजन अभाव हुन सक्ने हुँदा त्यसको पूर्व तयारीका लागि अक्सिजन...
निःशुल्क भिडियो एक्स–रे सेवा सुरू
निःशुल्क भिडियो एक्स–रे सेवा सुरू पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । रि·नेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडा–वडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।
थप २१ जनामा कोरोना
थप २१ जनामा कोरोना नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशका विभिन्न स्थानमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको हो ।
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा जिल्लाको रेसुङ्गा नगरपालिकाका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरभित्र स्वास्थ्य सेवाको पहँुच बढाउन नगर सरकारले वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
मृगौला पिडितलाई आर्थिक सहयोग
मृगौला पिडितलाई आर्थिक सहयोग मृगौला पिडित अनन्तबहादुर खत्रीलाई तम्घासका रेग्मी परिवारले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –५ निवासी ३५ वर्षका मृगौला पिडित खत्रीलाई तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी, पुनम रेग्मीले ६० हजार र कमला रेग्मीले १८ हजार आर्थिक सहयोग गरेका हुन् ।
थप १८ जनामा संक्रमण
थप १८ जनामा संक्रमण नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा संक्रमण देखिएको छ । ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
सन्दर्भ : विश्व क्षयरोग दिवस, क्षयरोगमुक्त अभियान नारामै सिमित
सन्दर्भ : विश्व क्षयरोग दिवस, क्षयरोगमुक्त अभियान नारामै सिमित नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौति देखिएको छ । नेपालमा क्षयरोग जनस्वास्थ्य को प्रमुख समस्याका रूपमा देखा परेकाले पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको हो ।
गुल्मीमा १ सय ८४ जनाको मोति विन्दुको शल्यक्रिया
गुल्मीमा १ सय ८४ जनाको मोति विन्दुको शल्यक्रिया जिल्लामा सञ्चालित शिविरमार्फत १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको छ । डाक फाण्डेनसको सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको सहकार्यमा सञ्चालन गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको हो ।
स्वास्थ्य बिमाका विरामीको समस्या समाधान गर्न माग
स्वास्थ्य बिमाका विरामीको समस्या समाधान गर्न माग स्वास्थ्य बिमा बोर्डको लापरवाहीका कारण विरामीले अनावश्यक दुःख पाएपछी नेकपा एमाले पाल्पाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ ।
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार आर्थिक अभावका छट्पटाइरहेका जिल्ला इस्मा गाउँपालिका –५ गुल्मीका २६ वर्षीय टोपबहादुर घर्तीले निःशुल्क उपचार पाएका छन् । खुट्टामा घाउभई थला परेका घर्तीले आर्थिक अभावमा उपचार पाउन नसकेका बेला गुल्मी अस्पताले निःशुल्क उपचार गरिदिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा अस्पतालले निःशुल्क उपचार गरिदिएको छ ।
बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’
बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’ जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा गरी वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।
Weather Update