Shittalpati
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’

रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ ।

यसैले आधारभूत खुड्कीलो पार गर्ने दाउमा पाल्पाका स्थानीय सरकारहरु लागेका छन् । यहाँको रैनादेवी छहरा गाउँ सरकारले पनि स्वास्थ्य तथा सरसरसफाइको अधारभूत खुड्कीलो पार गरेको छ । उसले पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरी आधारभूत खुड्किलो पार गरेको हो । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले पालिकालाई पूर्ण खोप गाउँपालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाण पत्र वितरण गर्दै स्वास्थ्य कार्यालयका प्रमुख गिरीले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए । उनले पूर्ण खोप घोषणालाई दीगोरुप दिन पालिकालार्य आग्रह गरे । स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले पूर्ण खोप घोषणाका लागि महिला स्वास्थ्य स्वयसेवीकाहरुको पनि योगदानलाई भुल्न नहुने बताए ।

प्रत्येक वडामा अभियान सञ्चालन गरेर खोप प्राप्त गर्ने उमेरका बालबालिकाहरुलाई खोप लगाउने र ८ वटा वडा रहेको यस पालिकामा सबै खोप केन्द्रबाट नियमित खोप सेवा दिने ग्यारेन्टी गरिसकेपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताए । ‘स्थानीय सरकार सञ्चालन ऐनले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ,’ अध्यक्ष भट्टराईले भने,‘अहिले हामीले यो आधारभूत खुड्कीलो पार गरेका छौं । यो पालिकाभरका बालबालिकाको जीवन रक्षाका लागि ठूलो उपलब्धि हो ।’ खोप सेवा प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएको उनले बताए । बालबालिका स्वस्थ भए मात्रै पालिकाको भविष्य सुन्दर हुने अध्यक्ष भट्टराईको भनाई छ । ‘यो उपलब्धिले हामी स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा दिन सक्छौँ भन्ने मनोबल बढाएको छ,’ उनले भने ‘स्वास्थ्यकर्मीहरूले गर्नु भएको यो मेहनतका लागि धन्यवाद दिन चाहन्छु ।

स्वास्थ्यकर्मीहरुको यो ऊर्जा कायम रहेमा हामी गुणस्तरीय स्वास्थ्य सेवाका अन्य क्षेत्रमा पनि सफल हुनेमा पालिका विश्वस्त छ ।’ उनले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई पनि पालिकाले कदर गर्दै आएको बताए । अध्यक्ष भट्टराईले भने,‘पालिकालाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्नमा महिला स्वास्थ्य स्वयसेवीकाहरुको पनि महत्वपूर्ण योगदान छ, उनीहरुको योगदानलाई स्थानीय सरकारले सधै सम्मान गर्ने छ ।’ पालिकाका ८ वटै वडाका सूचकहरुलाई आधार मानेर पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव पन्थीले बताए । पालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखीय प्रगति गर्दै गएको उनको भनाई छ । आगामी दिनमा पनि पालिकाले स्वास्थ्य क्षेत्रलाई थप गुणस्तरी र सर्वसुलभ बनाउने दिशामा योजना, कार्यक्रम ल्याएको अधिकृत पन्थीले बताए । पालिकाले स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि शसर्त बाहेक १ करोड २० लाख बजेट विनियोजन समेत गरेको उनले एनजेडीलाई जानकारी दिए । पाल्पामा अहिले धामाधम पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने क्रम जारी छ ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update