Shittalpati
एकै दिन ९० जनामा कोरोना

पाल्पा, एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

तीन हजार १ सय १२ को नमूना परीक्षण गरिएको ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ९ सय ४४ ले पिसिआर र एक हजार १ सय ५८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । सो अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ५ सय ५५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ११ हजार ५ सय ३१ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ सय १ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ । होम आइसोलेसनमा ३ सय ९९, संस्थागत आइसोलेसनमा दुई, आइसियु दुई र भेन्टिलेटरमा एक जना संक्रमित रहेका छन् । हाल देशभरमा दुई सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य संक्रमित रहेका जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासी दाङ, अर्घाखाँची, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ, डडेलधुरा र कञ्चनपुर रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update