Shittalpati
थप एक सय ७७ मा संक्रमण

पाल्पा, पछिल्लो २४ घण्टामा थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार एक सय २६ जनामा गरिएको परीक्षणमध्ये मंगलबार एक ७७ जनामा संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६७ हजार ७ सय ६५ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । संक्रमणबाट कसैको पनि निधन भएको छैन । पछिल्ला केही दिन यता कोरोना संक्रमण दर Þवातै बढ्दै गएको छ । असार २६ गते एक सय २१ र असार २७ गते एक सय ६८ जनामा संक्रमण देखिएको थियो ।

यि सँगै सक्रिय संक्रमितको संख्या ८ सय ७३ जना रहेका छन् । शून्य संक्रमित भएका जिल्ला १४ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा ८ सय ५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु) मा ११ जनाको उपचार भइरहेको छ । यस्तै मंगलबार ६४ हजार ९ सय ७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update