Shittalpati
थप ५३ जनामा कोरोना

पाल्पा, पछिल्लो २४ घण्टनामा नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।

देशभर गरिएको १ हजार १ सय ६२ नमूनाको पीसीआर र ९ सय ५८ नमूनाको एन्टीजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ३९ जना र एन्टीजेनबाट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन् । हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि परे हो । यहाँ स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण संक्रमणको ग्राफ बढ्दै गएको छ । भारतबाट नेपालमा आउने मानिसमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमण बढिरहेकाले सर्तकता अपनाउन भनेको छ । संक्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update