Shittalpati
दिनहुँ थपिँदै हैजाका बिरामी

पाल्पा, संघीय राजधानी काठमाडौंमा हैजाका विरामीहरु एकपछि अर्को गरी दिनहुँ देखिन थालेका छन् । आम नागरिकबाटै हेलचेक्य्राइँ भएपछि हैजाका विरामीहरु दिनहुँ थपिदै गएका हुन् ।

दुई साताको अवधिमा १७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हैजाका विरामीहरु एकपछि अर्को रुपमा फेला परिरहेका घटनाले भने आम मानिसमा डर पैदा गराएको छ । कोरोना महामारीको त्रासबाट केही भए पनि मुक्तभएको अभास गरिहेका नागरिकहरु काठमाडौंमा फैलिएको हैजा संक्रमणबाट भने पुनः त्रासित हुन पुगेका छन् । १७ जना बिरामीहरुमा हैजाको संक्रमण पाइनु र बढ्ने क्रम जारी रहेका कारणले हैजाको संक्रमण भित्रभित्रसम्म फैलिरहेको अनुमान गर्न सकिन्छ । दुई साताअघि टेकु अस्पतालमा देखिएका हैजा संक्रमित बिरामी छिट्टै निको हुने र यसलाई नियन्त्रण गरिने भनिए पनि हैजा संक्रमित बिरामी अस्पतालमा आउन नछाडेपछि यसले ठूलो चिन्ता र भय सिर्जना गरिरहेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धानले धारा तथा जारको पानी शुद्धीकरण नगरिकन प्रयोग गरिएको कारण हैजा देखिएको निष्कर्ष निकालेको छ । हैजाबाट बच्न व्यक्तिगत सरसफाइ, खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्रै खाने तथा बासी खानेकुरा नखान चिकित्सकहरुले आग्रह गर्दै आए पनि त्यसको बेवास्त गरिएको छ । हैजा संक्रमितमध्ये पाँच जना बिरामी उपचाररत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हैजा फैलिदै गएपछि सरकारले सरसफाइमा ध्यान दिन र शुद्ध पानी पिउन सबैमा अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभागले पानी उमालेर खान सुझाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update