Shittalpati
४० कोरोना संक्रमित थपिए

पाल्पा,  नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ४० जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १ सय ६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो । सोमबार कोरोनाका कारण कसैको मृत्रुयु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएकाछन्  । हाल देशभर ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्य ३ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३ सय ५४ पुगेको छ । यस्तै नेपालमा पहिलो पटक कोरोना संक्रमितमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ देखिएको छ । जिन सिक्वेन्सिङ गर्दा धुलिखेल अस्पतालमा ओमक्रोनको उपप्रजाति पुष्टि भएको हो । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने औपचारिक रूपमा पुष्टि गरेको भने छैन । ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ संक्रमण बढेको हुन सक्ने संक्रामक रोग विशेषज्ञहरूले आशङ्का व्यक्त गर्न थालेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update