आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो
मंगलबार, चैत १३, २०८०
पाल्पाको छहरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई
शुक्रबार, चैत ९, २०८०
जिल्ला रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय चौथो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ ।
रैनादेवी छहरा, रम्भा र रामपुर अध्यक्षकप पुरुष भलिबलको सेमिफाइनलमा
मंगलबार, चैत ६, २०८०
पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालित चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको मंगलबार भएको खेलमा रैनादेवीछहरा गाउँपालिका, रम्भा गाउँपालिका र रामपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रैनादेवीमा अध्यक्षकप पुरुष भलिवल : पहिलो दिनको खेलमा रैनादेवी र बगनासकाली विजयी
सोमबार, चैत ५, २०८०
पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद विकास समितिको समन्वयमा चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।
गुल्मीमा चैत ९ देखि खुला ब्याडमिन्टन हुँदै
सोमबार, चैत ५, २०८०
गुल्मीमा चैत ९ देखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिण्टन संघ गुल्मीले सदरमुकाम तम्घासमा चैत ९ देखि ११ गतेसम्म राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागेको हो ।
अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित
शनिबार, चैत ३, २०८०
अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको खेलअघि नेपालले मलेसियामा खेलेको अभ्यास खेलमा ५–१ ले पराजित भएको हो ।
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी
मंगलबार, फागुन २९, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।
पाल्पामा पहिलो पटक दृष्टिविहिनको कवड्डी प्रतियोगिता
बिहीबार, फागुन २४, २०८०
विश्वमा कतै पनि नखेलिएको दृष्टिविहिनहरुकाबिच कबड्डी प्रतियोगिता पाल्पामा पहिलो पटक सञ्चालन गरिएको छ । दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडामा दृष्टिविहिनहरुबिच पहिलो पटक कबड्डी प्रतियोगिता सञ्चालन गरिएको हो ।
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
बिहीबार, फागुन २४, २०८०
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो ।
नेपालले भूटानलाई हरायो
सोमबार, फागुन २१, २०८०
साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा
शनिबार, फागुन १९, २०८०
शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित...
पाल्पाको रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै
सोमबार, फागुन १४, २०८०
पाल्पाको रामपुरमा पहिलो पटक राष्ट्रियस्तरको महिला भलिबल खेल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र जिल्ला खेलकूद विकास समितिको समन्वयमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोता हुने भएको हो ।
नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज
बिहीबार, फागुन १०, २०८०
एकदिवसीय क्रिकेटको अन्तिम खेलमा क्यानडा–११ ले नेपाल एलाई ४ विकेटले हराएको छ । यो जितसँगै नेपाल एविरुद्धको सिरिज क्यानडा–११ ले हातपारेको छ । क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको हो ।


