Shittalpati
दक्षिण अफ्रिकासँग नेपालको १ रनको हार

काठमाडौं, सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) साउथ अफ्रिकाले आफ्नो बिजय यात्रालाई कायम राख्दै, सेंट विंसेन्टको आर्नोस भेलमा भएको अन्तिम टी २० विश्वकप समूह डीको समूह चरणको खेलमा नेपाललाई एक रनले पराजित गरेको छ ।
 
दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ११६ रनको लक्ष्य नेपाल सामु पेस गरेको थियो , जसमा रीजा हेंड्रिक्सले ४९ बलमा ४३ रन बनाए भने क्वीन्टन डिककले १०, कप्तान एड्न मक्रमले १५, हेनरिच क्लासेनले ३, डेविड मिलरले ७ , मार्को जनसेन १ र कगिशो रबाडा शून्यमा आउट हुँदा ट्रिस्टन स्टुब्स २७ रन बनाएर नट आउट रहे । 

नेपालका लागि कुशल भुर्तेलले चार विकेट र दिपेन्द्र सिंह ऐरीले तीन विकेट लिए । बलिङ उत्कृष्ट गरेको नेपालले ११६ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ११४/७ रनमा रोकियो । नेपालका लागि ओपनर आशिफ शेखले ४९ बलमा ४ चौका र १ छक्का सहित ४२ रन बनाए । अनिल साहले २४ बलमा २७ रन जोडे भने कुशल भूर्तेलले २१ बलमा १३ रन बनाए । दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल शून्यमा आउट भए भने सोमपाल कामी ८ रन बनाएर नट आउट रहे ।

तवरेज शम्सीको चार विकेटले नेपाललाई जीतबाट रोक्यो ।अन्तिम बलमा नेपाललाई २ रन आवश्यक रहेको अवस्थामा, गुल्सन झा रन आउट हुँदा नेपाल ११४/७ रनमा रोकियो । यस आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गर्ने सम्भावना कायमै राख्नका लागि दक्षिण अफ्रिकाविरुद्ध जित्नै पर्ने खेलमा नेपाल १ रनले निरासा जानक हार बेहेरेको छ । ११६ रनको लक्ष्य पछ्याउँदै, नेपालले अन्तिम बलसम्म प्रतिस्पर्धा गर्यो । यो हारसँगै नेपाल सुपर ८ चरणमा पुग्न असफल रह्यो । समूह ‘डी’ मा रहेको नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । यो हार नेपालको लागि विशेषतया दुःखद रह्यो र सुपर ८ मा पुग्ने र टेस्ट राष्ट्रविरुद्ध पहिलो जीत हासिल गर्ने नेपालको सपना अधुरै रहेको छ । समूह ‘डी’मा रहेको नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।


 

प्रकाशित मिति: शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update