Shittalpati
महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौँ, प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको हो । पहिलो दुई सेट पुलिसले जितेको थियो । त्यसपछि लगातार दुई सेटमा एभरेष्टले पुलिसमाथि जित निकाल्यो ।

अन्तिम तथा निर्णयक सेटमा पुलिसले एभरेष्टलाई १५–१२ ले जित्यो । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लब महिलातर्फ तेस्रो भएको छ । आज (शनिबार) भएको खेलमा नेपाल आर्मीलाई ३–० को सेटमा हराएर एपीएफ तेस्रो भएको हो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र हेल्प नेपालले खेलिरहेका छन् । गण्डकी शीर्ष र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । पुरुषतर्फ नेपाल पुलिस क्बल तेस्रो भएको छ । पुलिसले त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर तेस्रो भएको हो ।  प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ वटा टोली सहभागी थिए । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update