Shittalpati
बजेट अभावको चपेटामा खेलकुद
बजेट अभावको चपेटामा खेलकुद गुल्मीको सदरमुकाम तम्घासमा बिहीबारदेखि राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता जारी छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् ।
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि तानसेनले हात पारेको छ । माथागढीमा भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले उपाधि चुमेको हो । तानसेनले १६ स्वर्ण, १७ कास्य र १२ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु जिल्लाको माथागढी गाउँपालिका सराईमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । आइतबारदेखि १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने जिल्लाको रामपुर नगरपालिकाले खेलाडीहरुको बिमा गरिदिने भएको छ । उसले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुको दुर्घटना बिमा गरिदिने भएको हो ।
नेपालले स्कटल्याण्डलाई हरायो
नेपालले स्कटल्याण्डलाई हरायो आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।
सम्भावना खोज्दै महिला खेलाडी
सम्भावना खोज्दै महिला खेलाडी यहाँको निस्दी गाउँपालिका–५ ढुानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्छिन् डुमिसरा सारु । उनको भलिबलमा धेरै नै रुचि छ ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
भारतलाई हराउँदै नेपाल फाइनलमा नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
सुष्मालाई बक्सिङमा रजत पदक
सुष्मालाई बक्सिङमा रजत पदक नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् ।
रिहा भए सन्दीप लामिछाने
रिहा भए सन्दीप लामिछाने क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । पहिलो संस्करणको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उसले उपाधि हात पारेको हो ।
Weather Update